ग्लोबल आइएमई बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

अनलाइनसमय |
८ असार २०८१
ग्लोबल आइएमई बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमान्डौं, ७ असार । ग्लोबल आइएमई बैंकले आयोजना गरेको वित्तिय साक्षरता तथा डिजिटल बैंकिंग सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा टोखा शाखा प्रबन्धक सुधिर प्रसाद ढकालले बैंकिंग क्षेत्रलाइ डिजिटल फ्रेन्डलि बनाउन यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताउनु भयो । उहाले डिजिटल पेमेन्ट, मोबाइल टपअप जस्ता अन्य थुप्रै डिजिटल बैंकिंग सम्बन्धि जानकारी दिनु भयो ।

कार्यक्रमका अतिथि ग्लोबल आइएमई बैंक प्रदेश बजार व्यवस्थापक निकिता थापा भण्डारीले कुनै पनि डिजिटल ट्रान्ज्याक्सन गर्दा एकदमै होसियार हुनु पर्ने बताउनु भयो । “कुनै पनि ट्रान्ज्याक्सन गर्दा पुर्न दोहोराएर सबै ठिक छ छैन हेर्नु पर्छ” । बैंकिंग कारोबारमा सानो गल्तिले पनि ठुलो नोक्सान हुन सक्ने उहाले बताउनु भयो ।

ग्लोबल आईएमई बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक हो । यस बैंकको ब्रान्च  ७७ वटै जिल्लामा छ । यसको प्रयोगकर्ता ४६ लाख भन्दा बढी छन् भने बैंकको कुल पुँजी ६१ अर्ब रुपैयाँ बराबरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस