६.३७ अङ्कले बढ्यो नेप्से, ५८९ करोडको कारोबार

अनलाइनसमय |
३० जेठ २०८१
६.३७ अङ्कले बढ्यो नेप्से, ५८९ करोडको कारोबार

काठमाडौं, ३० जेठ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव ३७ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ३७ अङ्कले बढेर २१ सय २१ दमलव ६२ को विन्दुमा बन्द भएको छ ।

बुधबार १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ८५८ पटक किनबेच हुँदा कुल ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँको कारोबार भएको छ । यस दिन ३१२ धितोपत्रको कारोबार हुँदा ११९ धितोपत्रको मूल्य बढेको छ । ११५ धितोपत्रको मूल्य घटेको छ भने १३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक बढ्दा ४ वटा समूहको उपसूचक घटेको छ । आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १ दशमलव ०७ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्तको ०.८८, बैंकिङ समूहको ०.८३, उत्पादनमुलक समूहको ०.६०, म्युचुअल फन्डको ०.३३, जीवन बीमाको ०.१७, लगानी समूहको ०.१२, विकास बैंकको ०.११ र अन्य समुहको उपसुचक ०.३४ प्रतिशतले बढेको छ ।

कारोबार भएकामध्ये हाइड्रोपावर समूहको उपसूचक ०.६१ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमाको ०.४८, व्यापारको ०.३६ र होटल एन्ड टुरिजमको ०.१८ प्रतिशतले घटेको छ ।

बुधबार समृद्धि फाइनान्स कम्पनी र मिड सोलू हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साधना लघुवित्त वित्तीय संस्था र ग्रीन लाइफ हाइड्रोपावरको समान ९.९९ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै गणपती लघुवित्त वित्तीय संस्थाको ८.६४, मनकामना स्मार्ट लघुवित्तको ८.०१, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.८७ र कुमारी धनवृद्धि योजनाको ७.४८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा बढी सयपत्री हाइड्रोपावरको शेयर मूल्य ४.४८ प्रतिशतले घटेको छ । त्यस्तै इस्र्टन हाइड्रोपावरको ४.४६, तेह्रथुम पावर कम्पनीको ४.३८, पोखरा फाइनान्स लिमिटेडको ४.१९ र ग्लोबल आइएमई लघुवित्तको ३ दशमलव ४६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस