चार महिनामा पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै

अनलाइनसमय |
१ मंसिर २०८३
चार महिनामा पुँजीगत खर्च ७.५३ प्रतिशत मात्रै

काठमाडौं, १ मंसिर । चालू आर्थिक वर्ष २०८३/८४ को चार महिनामा सरकारले वार्षिक लक्ष्यको ७ दशमलव ५३ प्रतिशत मात्रै पुँजीगत (विकास) खर्च गरेको छ ।

महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार सरकारले चालू आवको साउनदेखि कात्तिकसम्म वार्षिक पुँजीगत खर्च शीर्षकमा ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ, जुन विनियोजित बजेटको वार्षिक लक्ष्यको ७ दशमलव ५३ प्रतिशत मात्रै हो । यसकारले यस वर्षका लागि पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख बराबर बजेट विनियोजन गरेको थियो ।

यस्तै चालू आवको चार महिनासम्ममा चालू खर्चतर्फ ३ खर्ब ४६ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको छ, जुन सरकारको वार्षिक लक्ष्यको २७ दशमलव २९ प्रतिशत हो । चालू आवका लागि सरकारले चालू खर्चतर्फ कुल १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरको थियो ।

कार्यालयका अनुसार सरकारले चार महिनामा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ बराबर विनियोजन भएकामा २७.७६ प्रतिशत अर्थात् १ खर्ब ३७ अर्ब ३२ करोड लाख खर्च भएको छ ।

चार महिनामा ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्कमा उल्लेख छ, कुल विनियोजित बजेट खर्चको वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो । सरकारले यो वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट विनियोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस