काठमाडौं, १ मंसिर । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार २०० कायम भएको छ । अघिल्लो दिन सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलमा ३ हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।