बढ्यो आवास कर्जा, कसरी गर्ने सुरक्षित वित्तीय भविष्य निर्माण ? (अन्तरवार्ता)
अनलाइनसमय |
२७ कार्तिक २०८३
काठमाडौं, २७ कात्तिक । मानिसको दैनिक जीवनमा वित्तीय शिक्षाको भूमिका सर्वोपरि हुन्छ । जीवनमा केवल पैसा कमाउनु मात्र पर्याप्त हुँदैन, कमाएको आम्दानीलाई कसरी सही रूपमा व्यवस्थापन गर्ने, बचत कसरी बढाउने र त्यसलाई सही ठाउँमा कसरी लगानी गर्ने भन्ने ज्ञान हुनु उत्तिकै अनिवार्य भइसकेको छ ।
वित्तीय शिक्षा भनेको केवल गणितीय हिसाबकिताब मात्र होइन । यो त व्यक्तिगत तथा पारिवारिक जीवनमा आवश्यकता र चाहनाबीचको भिन्नता बुझ्ने, सीमित आम्दानीमै पनि सही बजेटिङ, सही समयमा उपयुक्त वित्तीय लक्ष्य निर्धारण र बुद्धिमानीपूर्वक कर्जाको प्रयोग गर्ने जस्ता व्यावहारिक र जीवन उपयोगी ज्ञान र शीप हो । समय र आर्थिक स्रोतको सही तालमेल मिलाउन नसक्दा धेरै मानिसहरू ऋणको दुष्चक्र र आर्थिक संकटमा फसिरहेका हुन्छन् ।
यो सन्दर्भमा, आम्दानी, बचत र लगानीको सही व्यवस्थापन कसरी गर्ने ? सुरक्षित र उत्पादनशील वित्तीय जीवनका आयामहरू के के हुन् ? कर्जा र लगानीका जोखिमहरूलाई कसरी न्यूनीकरण गर्ने ? र, नेपालको वर्तमान परिस्थितिमा ग्रामीण क्षेत्र, महिला, युवा तथा वैदेशिक रोजगारीमा रहेका परिवारसम्म वित्तीय साक्षरताको पहुँच कसरी पुर्याउने ?
यसै विषयमा हिजो बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा वित्तीय साक्षरताविद् मुरली प्रसाद लम्सालसँग गरिएको कुराकानी :