[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

जनकपुरले काठमाडौंलाई ८ विकेटले हरायो

अनलाइनसमय |
१३ कार्तिक २०८३
जनकपुरले काठमाडौंलाई ८ विकेटले हरायो

काठमाडौं, १२ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो ।

काठमाडौँले प्रस्तुत गरेको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्याे । जनकपुरको जितमा मोइन अलीले अर्धशतकीय पारी खेले  ।

यसअघि टस जितेर ब्याटिङ रोजेको काठमान्डौं १९.३ ओभरमा ११५ रनमै अलआउट भएको थियो ।

काठमान्डौंका लागि भीम सार्कीले ३३ रन बनाए । त्यस्तै, राशिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन जोडे ।

जनकपुर बोल्ट्सका लागि राहुल यादवले चार विकेट लिए । यस्तै, सैफ हसनले २ तथा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट लिए ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस