काठमाडौं, १२ कात्तिक । पाकिस्तानी क्रिकेटका चर्चित पूर्वतीव्र गतिका बलर शोएब अख्तर काठमाडौंमा सम्मानित भएका छन् । ‘रावलपिण्डी एक्सप्रेस’ उपनामले परिचित अख्तरलाई अक्टोबर २७ मा काठमाडौंस्थित म्यारियट होटलमा आयोजित एक विशेष कार्यक्रममा सम्मान गरिएको हो ।
हिमालय स्पोट्र्सले आयोजना गरेको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले सम्बोधन गरेका थिए । ।
कार्यक्रममा क्रिकेटको विश्वव्यापी लोकप्रियता र यसले विभिन्न देशका मानिसलाई नजिक ल्याउन खेल्ने भूमिकाबारे चर्चा गरिएको थियो । साथै, क्रिकेटमार्फत नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्ध, आपसी मित्रता र सद्भावलाई थप मजबुत बनाउन सकिने विषयलाई जोड दिइएको थियो ।