काठमाडौं, १२ कात्तिक । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३१ दशमलव ५४ अंकले बढेर दुई हजार ६९५ दशमलव ६ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ३२ लाख ५८ हजार ००९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १८१ धितोपत्रको शेयर मूल्य बढ्दा ९१ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५० धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार आज सबै समूहको उपसूचक बढेको छ । यसदिन अन्य सर्वाधिक २ दशमलव ४५ प्रतिशतले बढेको छ ।
यस्तै बैंकिङ २ दशमलव २८, होटेल तथा पर्यटन २ दशमलव ०५, फाइनान्स १ दशमलव ६९, विकास बैंक १ दशमलव ५५, जीवन बीमा शून्य दशमलव ६८, माइक्रोफाइनान्स शून्य दशमलव ५४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५१, हाइड्रोपावर शून्य दशमलव ३६, लगानी शून्य दशमलव २४, म्युचुअल फण्ड शून्य दशमलव २३, निर्जीवन बीमा शून्य दशमलव १३ र व्यापार समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।
आज बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नेपाल रिइन्सुरेन्स ५ दशमलव ६१, नेपाल फाइनान्स ५ दशमलव ४९ र एनआइसी एशिया बैंकको शेयर मूल्य ४ दशमलव ६९ प्रतिशतले बढेको छ ।
यसदिन एनआरएन इन्फास्टक्चर एन्ड डेभलवमेन्ट ३ दशमलव ६५, चितवन हाइड्रोपावर ३ दशमलव १४, सनराइज ब्लुचिप फण्ड २ दशमलव ८२ र एचएआइ लार्ज क्याप फण्डको शेयर मूल्य २ दशमलव ७९ प्रतिशतले घटेको छ ।