चाडपर्वमा डिजिटल वालेटमा दिनको ५० पटकसम्म रकम जम्मा गर्न पाइने

अनलाइनसमय |
३० असोज २०८३
चाडपर्वमा डिजिटल वालेटमा दिनको ५० पटकसम्म रकम जम्मा गर्न पाइने

काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने दैनिक संख्याको सीमा अस्थायी रूपमा बढाएको छ ।

केन्द्रीय बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागले सबै भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई परिपत्र जारी गर्दै व्यक्तिगत वालेटमा रकम जम्मा गर्ने सीमा दैनिक १० पटकबाट बढाएर ५० पटक पु¥याएको हो ।

भुक्तानी प्रणालीसम्बन्धी साविकको एकीकृत निर्देशनअनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था थियो । तर चाडपर्वका बेला दक्षिणा दिन, उपहार पठाउन तथा किनमेलका लागि डिजिटल भुक्तानीको प्रयोग धेरै हुने भएकाले राष्ट्र बैंकले दशैंको अवसरमा असोज ३१ देखि कात्तिक ८ गतेसम्म तथा तिहार र छठ पर्वको अवसरमा २०८३ कात्तिक २१ देखि कात्तिक २९ गतेसम्मका लागि यो सीमा बढाएर ५० पटक बनाएको छ ।

उक्त तोकिएको अवधिमा भएका कारोबारको संख्या तथा कुल रकमको विवरण विभागलाई अनिवार्य रूपमा जानकारी गराउनसमेत सबै भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस