त्रिविले ल्यायो ३०.८७ अर्ब बजेट

अनलाइनसमय |
२२ असोज २०८३
त्रिविले ल्यायो ३०.८७ अर्ब बजेट

काठमाडौं, २२ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३÷८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरेको छ ।

बिहीबार बसेको विश्वविद्यालयको बजेट सभाले रजिस्ट्रार रवीन्द्र शिवाकोटीले प्रस्तुत गरेको बजेटलाई स्वीकृति दिएको हो ।

स्वीकृत बजेटमा विश्वविद्यालयले आन्तरिक स्रोतबाट १५ अर्ब ३६ करोड रुपैयाँ जुटाउने र सरकारबाट १५ अर्ब ६२ करोड रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरेको छ । तर, सरकारले चालु आर्थिक वर्षका लागि त्रिभुवन विश्वविद्यालयलाई ७ अर्ब ३१ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ ।

यस वर्ष त्रिवीले ल्याएको बजेट अघिल्लो वर्षको तुलनामा ९ दशमलव ७७ प्रतिशतले बढी हो । त्रिविले गत आर्थिक वर्ष २०८२÷०८३ मा २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट ल्याएको थियो ।

विगतमा त्रिविले साउनमै बजेट ल्याउने गरेको भए पनि यो वर्ष सिनेटर नियुक्ति नहुँदा ढिला बजेट आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस