काठमाडौं, २० असोज । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा खुम्चिने पछिल्लो प्रक्षेपण गरेको छ ।
विश्व बैंकले भोटेकोसी बाढीपछि उद्योग तथा सेवाक्षेत्रमा अवरोध आउँदा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनस्र्थापनाका गतिविधि सुरु भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा उक्लिने अपेक्षा गरिएको छ ।
आज सार्वजनिक गरिएको ‘नेपाल डेभलपमेन्ट अपडेटः बिल्डिङ ब्याक डिफरेन्टली फर द फ्युचर’ (भविष्यका लागि फरक ढंगले पुनरुत्थान) प्रतिवेदन अनुसार जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण लाइन र यातायात पूर्वाधारमा पुगेको व्यापक क्षतिले विद्युत् उत्पादन, निर्माण तथा वस्तुको ओसारपसारमा बाधा पु¥याउने भएकाले उद्योग क्षेत्र नै आर्थिक वृद्धिमा मुख्य बाधक हुने देखिएको छ ।
व्यापार, यातायात, पर्यटन र वित्तीय गतिविधिमा परेको असरका कारण सेवा क्षेत्र प्रभावित हुने अपेक्षा गरिएको छ । कृषि क्षेत्रमा भएको क्षतिले समग्र उत्पादनमा सीमित प्रभाव पारे पनि प्रभावित क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा भने गम्भीर असर पर्ने विश्व बैंकको अनुमान छ ।
‘रसुवा बाढीले ठूलो मानवीय र आर्थिक क्षति पु¥याएको छ । यो नेपालका लागि आफ्ना पूर्वाधारहरू — जस्तै पहुँच मार्ग, ऊर्जा, अनि खानेपानी, सरसफाइ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाहरू— बारे पुनर्विचार गर्ने एउटा अवसर हो । बदलिँदो जलवायु र उब्जिँदै गरेका जोखिमहरूलाई ध्यानमा राख्दै योजना तथा लगानीमा उत्थानशीलता र वैकल्पिक व्यवस्था लाई केन्द्रमा राख्नुपर्छ । नेपाललाई थप उत्थानशील र दिगो विकासको बाटोमा लैजान आवश्यक प्रणालीहरूमा लगानी गर्न र सही नीतिहरू कार्यान्वयन गर्न मद्दत पु¥याउन विश्व बैंक अधिकारीहरूलाई सहयोग गर्न तयार छ,“ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन डाइरेक्टर डेभिड सिसलेनले भने ।
देश राहतबाट पुनर्निर्माणको चरणमा प्रवेश गर्दै गर्दा, प्रतिवेदनले क्षतिग्रस्त संरचनाहरूको मर्मत–सम्भारमा मात्र सीमित नभई अद्यावधिक बहु–जोखिम मूल्यांकन, पूर्वाधारको स्थान र डिजाइनमा ध्यान, एवं यातायात, ऊर्जा र सञ्चार सञ्जालमा वैकल्पिक व्यवस्था समावेश गर्न सिफारिस गरेको छ । पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुका साथै प्रभावित र जोखिममा परेका घरपरिवारलाई द्रुत रूपमा विपद् सहायता उपलब्ध गराउन आधारको रूपमा ’एकीकृत सामाजिक सुरक्षा प्रणाली’ को निर्माण गर्नु उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ ।
‘नेपाल डेभलपमेन्ट अपडेट’ दक्षिण एसियाली क्षेत्रको आर्थिक गतिविधि र भविष्यको परिदृश्य अध्ययन गर्ने वर्षमा दुई पटक प्रकाशित हुने ‘साउथ एसिया इकोनोमिक अपडेट’ को परिपूरक प्रतिवेदन हो । पछिल्लो ‘साउथ एसिया इकोनोमिक अपडेट ः एडप्टिङ एआई फर ग्रोथ’ ले बलियो आन्तरिक मागका कारण विश्वव्यापी धक्काहरूका बीच पनि दक्षिण एसियाको आर्थिक वृद्धिदर यो वर्ष बढेर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सन् २०२७ मा यो वृद्धिदर घटेर ६.७ प्रतिशत हुने अनुमान छ ।
प्रतिवेदनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रणनीतिक प्रयोगले कसरी समृद्धिका नयाँ स्रोतहरू सिर्जना गर्न सकिन्छ भन्ने खोजी गरेको छ । दक्षिण एसियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित अर्थतन्त्रको तुलनामा यो अझै धेरै पछाडि छ । यो अन्तरका बाबजुद, एआई को प्रयोग तीव्र भइरहेको छ र कम्पनीहरूले नयाँ बजार अवसरहरू पहिचान गर्न ब्क्ष् प्रयोग गरिरहेका छन् । हालैका तथ्याङ्कहरूको विश्लेषणले एआईमा बढी पहुँच भएका दक्षिण एसियाली आपूर्तिकर्ताहरूका लागि ‘ग्लोबल भ्यालु चेन’ मार्फत नयाँ अवसरहरू विस्तार भइरहेको देखाउँछ । दक्ष जनशक्तिको अभाव रहेका स्वास्थ्य, शिक्षा र कृषि जस्ता क्षेत्रहरूमा सार्वजनिक सेवा प्रवाहका लागि ब्क्ष् को प्रयोग अर्को ठूलो सम्भावनाको क्षेत्र हो ।
‘एआईको प्रयोगले श्रम उत्पादकत्व बढाएर, निर्यातका अवसरहरू विस्तार गरेर र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याएर दक्षिण एसियाको विकासको दिशालाई परिवर्तन गर्ने क्षमता राख्छ,’ एसियाका लागि विश्व बैंक समूहका मुख्य अर्थशास्त्री फ्रान्सिस्का ओन्सोगेले भनिन्, ‘तर यी लाभहरू प्राप्त गर्न सरकारहरूले ब्क्ष् अपनाउन बाधा पु¥याइरहेका आधारभूत कमीकमजोरीहरूलाई सम्बोधन गर्न आवश्यक छ ।’
प्रतिवेदनले दक्ष जनशक्ति तयार गर्न, व्यवसाय–अनुकूल वातावरण बनाउन, र भौतिक तथा डिजिटल पूर्वाधारमा सुधार ल्याउन नीतिगत उपायहरूको सिफारिस गरेको छ ।
साथै, साना कम्पनीहरूका लागि ब्क्ष् प्रयोगमा रहेका अड्चन हटाउने, स्थानीय स्तरमा ब्क्ष् नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र तथ्याङ्कको सुरक्षा एवं गोपनीयता कायम गर्दै अनिश्चितता कम गर्ने स्पष्ट नियामक ढाँचा तयार पार्ने उपायहरू अपनाउन सुझाव दिइएको छ ।