हिम पर्वत हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

अनलाइनसमय |
१९ असोज २०८३
हिम पर्वत हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं, १९ असोज । हिम पर्वत हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डको गत शुक्रबार बसेको बैठकले हिम पर्वत हाइड्रोपावरलाई ५९ लाख बढी कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ ।

बोर्डले वैशाख २ गते यता कुनैपनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थिएन । त्यसको ५ महिनापछि हिम पर्वत हाइड्रोले आईपीओ निष्कासनको अनुमति पाएको हो ।

आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस