मंगलबार बढ्यो शेयरबजार, ३ अर्बको कारोबार

अनलाइनसमय |
२० असोज २०८३
मंगलबार बढ्यो शेयरबजार, ३ अर्बको कारोबार

काठमाडौं, २० असोज । साताको दोस्रो दिन कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । हिजो २० अंकले घटेको बजार आज ११ दशमलव ९६ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २ हजार ५७८ दशमलव ७३ विन्दुमा पुगेको छ ।

यस दिन ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँ बराबरका ८९ लाख ५५ हजार २३० कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।

मंगलबार बजारमा १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मुल्य आज घटेको छ । यस्तै १५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३५९ कम्पनी कारोबारमा आएक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस