Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डरमा ग्यास साट्न पाइने

अनलाइनसमय |
२४ भदौ २०८३
उपत्यकामा जुनसुकै कम्पनीको सिलिन्डरमा ग्यास साट्न पाइने

काठमाडौं, २४ भदौ । हालैको बाढीपहिरोले आपूर्ति प्रणाली प्रभावित भई काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले सहज आपूर्तिका लागि नयाँ वैकल्पिक व्यवस्था लागू गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनअनुसार अब उपत्यकाभित्र एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न पाइने भएको छ ।

बाढीका कारण बजारमा सिर्जना भएको आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्न र उपभोक्तालाई राहत दिन मन्त्रालयले यस्तो नियम ल्याएको हो । यो व्यवस्थाअनुसार उपभोक्ताले आफूले नियमित प्रयोग गर्दै आएको ब्रान्डको ग्यास नपाएको अवस्थामा जुनसुकै कम्पनीको खाली सिलिन्डर साटेर तोकिएकै मूल्यमा उपलब्ध ब्रान्डको ग्यास खरिद गर्न सक्नेछन् ।

आपूर्ति सहज नभएसम्मका लागि यो अस्थायी व्यवस्था हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने मन्त्रालयले जनाएको छ । मन्त्री यादवले यो निर्णय तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई कडा निर्देशन दिएकी छन् ।

साथै, यस्तो विषम परिस्थिति र संकटको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई अनावश्यक दुःख दिने वा सरकारको निर्देशनविपरीत काम गर्ने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun