१५.४४ अङ्कले बढ्यो नेप्से, ३ अर्बको कारोबार

अनलाइनसमय |
१७ भदौ २०८३
१५.४४ अङ्कले बढ्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं, १७ भदौ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर दुई हजार ५३८ दशमलव ११ बिन्दुमा कायम भएको हो ।

आज ७२ लाख ६८ हजार २०२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९४ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार २ अर्ब ९० करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १९३ धितोपत्रको शेयर मूल्य बढ्दा ७५ को घटेको छ । यस्तै १० धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५४ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार उपकार लघुवित्त ११ दशमलव ८७, माथिल्लो मेलुङ खोला जलविद्युत् १० दशमलव २३, आत्मनिर्भर लघुवित्त १० दशमलव १, सेन्ट्रल फाइनान्स ९ दशमलव ११ र रसुवागढी हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ९९ प्रतिशतले बढको छ ।

यसदिन आरबीबी म्युचुअल फण्ड ४ दशमलव ३३, कुथेली बुखरी स्मल हाइड्रोपावर ३ दशमलव ६५ र मानुसी लघुवित्तको शेयर मूल्य ३ दशमलव २८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस