३ लाखबाट तल झर्‍यो सुनको मूल्य

अनलाइनसमय |
१७ भदौ २०८३
३ लाखबाट तल झर्‍यो सुनको मूल्य

काठमाडौं, १७ साउन । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि तोलामा १८५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस