काठमाडौं, १७ भदौ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ९ बजेसम्म १ हजार ११४ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा ४१ जना, नुवाकोटमा १५५ जना, धादिङमा ५९ जना, चितवनमा तीन सय ४८ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २१७ जना र नवलपरासी पश्चिम १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो । ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।
बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९१३ जनाको उद्दार गरिएको छ । ३ हजार ९१६ जना अझै बेपत्ता छन् । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा तीन हजार ४५३ जना व्यक्तिलाई राखिएको छ ।
