काठमाडौं, १७ भदौ । रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा भारतले थप सहयोग उपलब्ध गराएको छ ।
भारतले पाँचौँ चरणअन्तर्गत विशेष उद्धार उपकरणसहित ११ सदस्यीय उद्धार टोली नेपाल पठाएको हो । टोलीसँग बाढी प्रभावितको खोज तथा उद्धारका लागि आवश्यक उपकरणका साथै करिब ५.५ टन अत्यावश्यक औषधि पनि रहेको बताइएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन भारतीय सहयोग परिचालन गरिएको हो । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपछि खोज तथा उद्धार कार्य निरन्तर जारी छ ।