काठमाडौं, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ ।
आज राती देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भू–भागका केही स्थान, मधेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।