बेनी सेक्युरिटिज नेप्सेको कारबाहीमा, ३ दिन कारोबार बन्द

अनलाइनसमय |
३ भदौ २०८३
बेनी सेक्युरिटिज नेप्सेको कारबाहीमा, ३ दिन कारोबार बन्द

काठमाडौं, ३ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रा. लि. (ब्रोकर नं. ९३) लाई निलम्बन गरेको छ । राफसाफ र फस्र्यौट (Settlement)  कार्य समयमै नगरेको भन्दै नेप्सेले बुधबार (भदौ ३ गते) देखि लागू हुने तीन कारोबार दिनको लागि निलम्बन गरेको हो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बेनी सेक्युरिटिजले तोकिएको समयावधिभित्र राफसाफ र फस्र्यौट कार्य पुरा नगरेको भन्दै निलम्बनका लागि नेप्सेलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेले जनाएको छ ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१) (छ) बमोजिम बेनी सेक्युरिटिजलाई आगामी ३ (तीन) कार्य दिनका लागि निलम्बन गरेको हो । यस निलम्बनसँगै अब तीन दिनसम्म सो ब्रोकर कम्पनीमार्फत लगानीकर्ताले शेयर खरिद–बिक्री गर्न पाउने छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस