सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ

अनलाइनसमय |
२९ साउन २०८३
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ

काठमाडौं, २९ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रदेश प्रमुख मियाँले भट्टलाई शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्तै दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्तिपत्र प्रदान गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस