डिजिटल बैंकिङमा छलाङ : अबको गन्तव्य कता ? (अन्तरवार्ता)

अनलाइनसमय |
३० साउन २०८३
डिजिटल बैंकिङमा छलाङ : अबको गन्तव्य कता ? (अन्तरवार्ता)

काठमाडौं, ३० साउन । लामो समयदेखि नेपालको अर्थतन्त्र लयमा फर्किन संघर्षरत छ । बैंकिङ प्रणालीमा निक्षेप उल्लेख्य रूपमा बढिरहेको छ । तर कर्जा विस्तार अपेक्षाकृत सुस्त छ । उद्योग–व्यवसायमा लगानीको उत्साह कमजोर छ, उत्पादन र बजारको माग संकुचित छ । बैंकहरूलाई एकातिर बढ्दो तरलता व्यवस्थापनमा सकस छ भने अर्कोतिर निष्क्रिय कर्जा तथा गैर–बैंकिङ सम्पत्तिको चुनौती पनि छ । यसबीचमा नयाँ जनादेशसहित आएको सरकारले उच्च आर्थिक वृद्धिको लक्ष्य लिएको छ । त्यसका लागि निजी क्षेत्रको लगानी तथा बैंकिङ प्रणालीको सक्रिय भूमिका अपरिहार्य मानिएको छ । सरकारको आर्थिक वृद्धिको लक्ष्यमा सघाउन राष्ट्र बैंकले निजी क्षेत्रमा दोहोरो अंकको कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ । यस्तो अवस्थामा बैंकिङ क्षेत्रले आर्थिक पुनरुत्थान र रूपान्तरणको नेतृत्व कसरी गर्न सक्छ भन्ने विषय चासोको केन्द्रमा छ । दिगो र समावेशी आर्थिक वृद्धिका लागि उद्योग व्यवसायमा वित्तीय पहुँच सहज बनाउनु अत्यन्त आवश्यक छ । त्यसैले बैंकहरूले यस क्षेत्रमा कस्तो रणनीति अपनाइरहेका छन् भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण बनेको छ । यसका लागि सरकार र नियामक निकायबाट अझै कस्ता सुधार आवश्यक छन् ? समग्रमा नेपालको बैंकिङ क्षेत्रका विद्यमान चुनौती, यसको निकास र सम्भावना के हुन् त ? यी विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नबिल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंसँग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस