उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि मतदान जारी

अनलाइनसमय |
२२ वैशाख २०८३
उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं, २२ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । अहिले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आज मतदान चहिरहेको छ ।

सोमबार महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटन भएको थियो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । सोही अनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् ।

अध्यक्ष पद स्वतः निश्चित भए पनि अन्य विभिन्न पदाधिकारी पदका लागि भने तीव्र प्रतिस्पर्धा छ । निर्वाचनमा दुई प्यानलबाट उम्मेदवार चुनावी मैदानमा छन् । वरिष्ठ उपाध्यक्षसहितका अन्य कार्यकारी पदमा आफ्नो समूहको जितका लागि दुवै समूहका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।

अन्य पदाधिकारीहरूका लागि हेमराज ढकाल र शिवप्रसाद घिमिरेले प्यानल बनाएर चुनावी मैदानमा छन् । ढकाल वरिष्ठ उपाध्यक्षमा उठेका छन् भने घिमिरेको समूह भने वरिष्ठ उपाध्यक्षको उम्मेदवार बिना नै चुनावी मैदानमा छ ।

ढकालको टिमबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, उमेश डालमिया, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे र महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, घिमिरेको टिममा एसोसिएटतर्फ प्रवलजंग पाण्डे, जिल्ला नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्माले उम्मेदवारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस