नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता, कर्मचारीले १५ लाखसम्म विनाधितो कर्जा पाउने

अनलाइनसमय |
२० वैशाख २०८३
नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता, कर्मचारीले १५ लाखसम्म विनाधितो कर्जा पाउने

काठमाडौं, २० वैशाख । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पुरा गर्नका लागी १५ लाख सम्म विनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्नेछन् ।

यही वैशाख १६ गते उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुन बहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनी लिमिटडको तर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गरेका थिए ।

यसबाट राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले एकै थलोबाट वित्तीय आवश्यक्ता पूर्ति गर्न सक्ने, समय बचत हुने तथा नेपाल बैंक लि. र राष्ट्रिय बीमा कम्पनी लिमिटड बीचको संस्थागत सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस