चैतमा २ गुणाले बढ्यो बीमा पोलिसी सरेण्डर

अनलाइनसमय |
१८ वैशाख २०८३
चैतमा २ गुणाले बढ्यो बीमा पोलिसी सरेण्डर

काठमाडौं, १८ वैशाख । चैतमा बीमा पोलिसी सरेण्डर उल्लेख्य बढेको छ । नेपाल बीमा नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को चैतमा मात्रै २ अर्ब ७१ करोड ८ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ, जुन अघिल्लो महिनाको तुलनामा २ गुणाले बढी हो । गत फागुनमा यस्तो रकम ८३ करोड ३२ लाख रुपैयाँ मात्रै थियो ।

त्यस्तै गत माघमा १ अर्ब २५ करोड ९६ लाख रुपैयाँको बीमा पोली सरेण्डर भएको थियो ।

समग्रमा भने यस्तो रकम ५ दशमलव ४२ प्रतिशतले घटेको छ । प्राधिकरणका अनुसार चालू आवको चैतसम्ममा १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । गत आवको फागुनसम्ममा यस्तो रकम ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ थियो ।

यस्तै, पछिल्लो एक वर्ष अवधिमा बीमा पोलिसी सरेण्डर गर्नेको सङ्ख्या पनि घटेको छ । गत आवको चैतसम्ममा ८० हजार १८७ बीमितले बीमा पोलिसी सरेण्डर गरेकोमा चालू आवको यसै अवधिमा यस्तो सङ्ख्या ६८ हजार ८५५ रहेको छ । अर्थात् सरेण्डरको सङ्ख्या १४ दशमलव १३ प्रतिशतले घटेको छ ।

बीमा प्राधिकरणको नियामावली अन्तर्गत बीमितहरुले तीन वर्षसम्म निरन्तर बीमा शुल्क भुक्तानी गरेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमा पोलिसी खरिद गरी तोकिएको अवधि पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’का रुपमा बुझिन्छ । बीमितले समय–समयमा बीमा प्रिमियम बुझाउनुपर्छ, तर केही कारणवश यदि प्रिमियम तिर्न छोडेर रकम फिर्ता लिन चाहन्छ भने त्यसलाई सरेण्डर मानिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस