बुक बिल्डिङका लागि योग्य संस्थागत लगानीकर्तालाई दर्ता र नवीकरण गर्न नेप्सेको आग्रह

अनलाइनसमय |
१७ वैशाख २०८३
बुक बिल्डिङका लागि योग्य संस्थागत लगानीकर्तालाई दर्ता र नवीकरण गर्न नेप्सेको आग्रह

काठमाडौं, १७ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुक बिल्डिङ विधिमा सहभागी हुनका लागि योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न आउन आउन आग्रह गरेको छ ।

बिहीबार नेप्सेले एक सूचना प्रकाशित गर्दै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्तालाई दर्ता गर्न तथा नवीकरण गर्न आउन आग्रह गरेको हो ।

नयाँ योग्य संस्थागत लगानीकर्तालाई दर्ता हुन र पहिले नै दर्ता भइसकेकालाई नवीकरण गर्न अह्वान गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार नयाँ दर्ताका लागि वार्षिक १० हजार रुपैयाँ र नवीकरणक लागि वार्षिक ५ हजार रुपैयाँ शुल्क तिर्नुर्छ । यसका लागि नेप्सेले तोकेको बैंक खातामा रकम जम्मा गरी बैंक भौचर पठाउनुपर्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस