काठमाडौं, ७ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को ९ महिनामा १७ खर्ब बढिको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागका अनुसार गत साउन देखि चैत मसान्तसम्ममा १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा १४ दशमलव ४० प्रतिशत बढी हो । २०८२ को ९ महिनामा १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँको व्यापार भएको थियो ।
गत चैतसम्ममा निर्यात १८ दशमलव ४६ प्रतिशतले बढेको छ । गत आवको ९ महिनामा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको निर्यात भएकोमा चालू आवको सोही अवधिमा २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँको भएको छ ।
यसैगरी आवको ९ महिनमा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १३ दशमलव ८२ प्रतिशत धेरै हो । सो आवको चैतसम्ममा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको भित्रिएको थियो ।
चालू आवको साउनमा नेपाललाई १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ ।