हिमालयन लाइफ इन्स्योरेन्सका सी.ए. बजाजले लिए शपथ

अनलाइनसमय |
३ वैशाख २०८३
हिमालयन लाइफ इन्स्योरेन्सका सी.ए. बजाजले लिए शपथ

काठमाडौं, ३ वैशाख । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष सी.ए. नारायण बजाजलाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

यसअघि, प्राधिकरणका अध्यक्ष पौडेलले चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी उपस्थित थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस