कल मोबिलिटी र मेल्टडाउनबीच एक वर्षे फिटनेस सहकार्यको घोषणा

अनलाइनसमय |
२५ चैत २०८२
कल मोबिलिटी र मेल्टडाउनबीच एक वर्षे फिटनेस सहकार्यको घोषणा

काठमाडौं, २५ चैत । नेपालका लागि हुवावे उत्पादनको आधिकारिक वितरक कल मोबिलिटी प्रालिले देशको चर्चित फिटनेस समुदाय मेल्टडाउन नेपालसँग एक वर्ष लामो व्यावसायिक साझेदारीको घोषणा गरेको छ । नेपाललाई स्वस्थ र तन्दुरुस्त बनाउने लक्ष्यका साथ प्रविधि र फिटनेसलाई एकै ठाउँमा जोड्न यो सहकार्य गरिएको हो ।

सोमबार जारी विज्ञप्तिअनुसार, उक्त सहकार्यले आधुनिक प्रविधि र सक्रिय जीवनशैलीलाई नेपाली उपभोक्तामाझ स्वास्थ्य–केन्द्रित डिजिटल अनुभव विस्तार गर्ने लक्ष्य राखेको छ । विशेषगरी, हुवावेका स्मार्टफोन, वेयरेबल (पहिरनयोग्य) उपकरण तथा स्मार्ट डिभाइसहरूलाई फिटनेस गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।

यस सहकार्यअन्तर्गत मेल्टडाउन नेपाल ले आयोजना गर्ने दौड, प्रशिक्षण सत्र, तथा डिजिटल सामग्रीमार्फत युवा पेशेवर र फिटनेसप्रेमीहरूको सक्रिय सहभागिता बढाइनेछ । यसले प्रविधि र फिटनेसलाई व्यवहारिक रूपमा जोड्दै प्रयोगकर्तालाई वास्तविक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ ।

यस सहकार्यको औपचारिक सुरुवात अप्रिल १५, २०२६ मा हुवावे ब्यान्ड ११ सिरिजको भव्य सार्वजनिक लोकार्पण गरिने बताइएको छ, जसले यस सहकार्यलाई उत्साहजनक सुरुवात दिनेछ ।

यस सहकार्यबारे कल मोबिलिटी प्रालिकी मार्केटिङ म्यानेजर श्रीमती विजय रोका क्षेत्रीले भनिन्, ‘यो सहकार्यले हाम्रो दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ—प्रविधिलाई दैनिक जीवनशैलीसँग जोड्दै फिटनेसप्रति समर्पित समुदायसँग प्रत्यक्ष रूपमा जोडिनु र नेपाललाई फिट तथा स्वस्थ देश बनाउनु ।’

कल मोबिलिटी प्रालि नेपालमा हुवावे उत्पादनहरूको एकमात्र आधिकारिक राष्ट्रिय वितरक हो, जसले वेयरेबल्स तथा स्मार्ट डिभाइसहरूको विविध दायरा उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, मेल्टडाउन एक यस्तो कम्पनी हो, जसको लक्ष्य फिटनेसमार्फत मानिसहरूलाई जोड्नु हो । उनीहरूले मानिसहरूलाई सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्ने र फिटनेसमार्फत एकअर्कासँग जोड्ने नवीन समाधानहरू सिर्जना गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस