काठमाडौं, २५ चैत । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठान (Tilganga Institute of Opthalmology) सँगको सहकार्यमा सप्तरी जिल्लाका ७० जना स्थानीयलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत उक्त निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा सहयोग गरेको हो ।
सप्तरी जिल्लाको रुपनगरस्थित तिलगंगा सर्जिकल आँखा केन्द्रको परिसरमा आयोजित उक्त स्वास्थ्य शिविरमा २००० भन्दा बढी व्यक्तिको निःशुल्क आँखा जाँच भएको हो । सो कार्यक्रममा ४०७ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न भएकोमा ज्योति विकास बैंकको प्रत्यक्ष सहयोगमा ७० जना स्थानीयको निःशुल्क शल्यक्रिया भएको छ ।
साथै, ४०७ जना बिरामीहरुको शल्यक्रिया पश्चात आवश्यक पर्ने चस्मा र औषधिहरू पनि निःशुल्क प्रदान गरिएको छ। यस पहलमार्फत दृष्टिविहीन हुन सक्ने जोखिममा रहेका समुदायका सदस्यहरूलाई सहज र गुणस्तरीय उपचार सेवा निःशुल्क उपलब्ध गराउँदै उनीहरूको जीवनस्तर सुधारमा बैंकले योगदान दिएको छ। स्थानीयको दैनिकीमा सहजताका साथै आत्मनिर्भरतामा समेत टेवा पु¥याउने उद्देश्यका साथ बैंकले यस कार्यक्रममा सहकार्य गरेको हो ।
ज्योति विकास बैंकले आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी निः शुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गर्ने घोषणा गरेको थियो। उक्त सहकार्य सम्झौता अनुरुप मोतिबिन्दु शल्यक्रिया सम्पन्न गरेको हो ।
ज्योति विकास बैंकले आगामी दिनहरूमा पनि यस्ता प्रभावमुखी सामाजिक पहलहरूलाई निरन्तरता दिँदै समाजको समग्र विकास र अभ्युदयमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ७० वटा न्यानो नानी मार्फत हरेक वर्ष २५९० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।