काठमाडौं, २५ चैत । क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित कम्पनी टौरियन एमपीएस लिमिटेडले आरबीजी इन्टरनेशनल प्राइभेट लिमिटेडलाई नेपालका लागि आफ्नो आधिकारिक डिलरका रूपमा नियुक्त गरेको छ ।
होटल बराही प्लाजा, काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा टौरियन एमपीएसका ग्लोबल सेल्स डाइरेक्टर आनन्द मोहन तथा अन्तर्राष्ट्रिय बिक्री उपाध्यक्ष तरसेम पथानियाको उपस्थितिमा उक्त घोषणा गरिएको हो ।
उक्त कार्यक्रममा आरबीजी इन्टरनेशनलका तर्फबाट अध्यक्ष बलराम उपाध्याय, निर्देशक रविरञ्जन कुमार र निर्देशक श्यामल झा लगायत उपस्थित थिए, जसले यस साझेदारीप्रति कम्पनीको उच्चस्तरीय प्रतिबद्धता झल्काउँछ । कम्पनीको उपस्थिति हाल उत्तर अमेरिका, रसिया, मध्यपूर्वलगायत विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा विस्तार भइसकेको छ ।
सन २००५ मा स्थापित आरबीजी इन्टरनेशनल प्राइभेट लिमिटेडले इन्जिनियरिङ उत्कृष्टता, उच्च कार्यसम्पादन तथा ग्राहककेन्द्रित समाधानमार्फत बलियो प्रतिष्ठा निर्माण गरेको छ । कम्पनीको उपस्थिति हाल उत्तर अमेरिका, रसिया, मध्यपूर्व लगायत विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा विस्तार भइरहेको छ । नेपालमा यो नियुक्ति उच्च सम्भावना भएका बजारहरूमा आफ्नो उपस्थिति सुदृढ गर्ने रणनीतिक कदमका रूपमा लिइएको छ ।
आरबीजी इन्टरनेशनल प्राइभेट लिमिटेड सन् २०१९ मा स्थापना भएको कम्पनी हो, जसले नेपालभर एडमिक्स्चर केमिकल, निर्माण उपकरण, आरएमसी एक्सेसरीज तथा वाटरप्रुफिङ समाधानहरूमा सक्रिय रूपमा कार्य गर्दै आएको छ । कम्पनीले आफ्नो प्राविधिक दक्षता र परियोजना–केन्द्रित कार्यशैलीमार्फत बजारमा बलियो विश्वास निर्माण गरेको छ । यसै आधारमा, आरबीजी इन्टरनेशनल अब टौरियन एमपीएस लिमिटेडसँगको साझेदारीमार्फत क्रसर प्लान्ट क्षेत्रमा प्रवेश गर्दैछ, जहाँ गुणस्तरीय उपकरणसँगै बलियो बिक्रीपछिको सेवा प्रणालीमार्फत छिटो सेवा, कम डाउनटाइम र दीर्घकालीन भरपर्दो सञ्चालन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
यस साझेदारीले नेपालमा अत्याधुनिक क्रसिङ तथा स्क्रिनिङ समाधानहरूको पहुँच वृद्धि गर्ने तथा देशको पूर्वाधार विकास र औद्योगिक प्रगतिमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।