आठ निर्माण कम्पनी कालोसूचीमा

अनलाइनसमय |
२३ चैत २०८२
आठ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं, २३ चैत । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्न पठाएबमोजिम आठ निर्माण कम्पनी कालो सूची परेको हो ।

कालोसूचीमा परेका कम्पनीहरूमा लोक निर्माण सेवा तथा सप्लायर्स, सिल्क मार्केट प्रा.लि. ब्रोदर्श कन्ट्रक्सन, देवु निमार्ण सेवा, अर्भान कन्ट्रक्सन, सूर्य दिप छापाखाना, धुलिखेल निर्माण सेवा प्रा.लि. र हिमशिखा कन्ट्रक्सन प्रा.लि. रहेका छन् ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

एक वर्षदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस