पेट्रोलको मूल्य हालसम्मकै उच्च

अनलाइनसमय |
२० चैत २०८२
पेट्रोलको मूल्य हालसम्मकै उच्च

काठमाडौं, २० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ, जसका कारण पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । निगमका अनुसार पेट्रोल र डिजेल दुवैमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाइएको हो ।

निगम सञ्चालक समितिले चैत १९ गते लिएको निर्णय बमोजिम नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने जनाएको छ । संशोधित दरअनुसार काठमाडौँ उपत्यकामा अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ ।

निगमका अनुसार मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस