२१.१८ प्रतिशतले घट्यो बीमा पोलिसी सरेण्डर, आठ महिनामा ७.७८ अर्बको पोलिसी त्याग

अनलाइनसमय |
१६ चैत २०८२
२१.१८ प्रतिशतले घट्यो बीमा पोलिसी सरेण्डर, आठ महिनामा ७.७८ अर्बको पोलिसी त्याग

काठमाडौं, १६ चैत । गत आर्थिक वर्ष २०८१/८२ (आव) को तुलनामा चालू आवमा बीमा पोलिसी सरेण्डर गर्नेको सङ्ख्या र रकम दुबै घटेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालू आव २०८२/८३ को आठ महिनामा ७ अर्ब ७८ करोड ४९ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २१ दशमलव १८ प्रतिशतले कम हो । गत आवको फागुनसम्ममा यस्तो रकम ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ थियो ।

यस्तै, पछिल्लो एक वर्ष अवधिमा बीमा पोलिसी सरेण्डर गर्नेको सङ्ख्या पनि घटेको छ । गत आवको फागुनसम्ममा ७१ हजार ५५४ बीमितले बीमा पोलिसी सरेण्डर गरेकोमा चालू आवको यसै अवधिमा यस्तो सङ्ख्या ६५ हजार ४७७ रहेको छ । अर्थात् सरेण्डरको सङ्ख्या ८ दशमलव ४९ प्रतिशतले घटेको छ ।

बीमा प्राधिकरणको नियामावली अन्तर्गत बीमितहरुले तीन वर्षसम्म निरन्तर बीमा शुल्क भुक्तानी गरेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमा पोलिसी खरिद गरी तोकिएको अवधि पूरा नभई पोलिसी त्याग्नुलाई बीमा ‘सरेण्डर’का रुपमा बुझिन्छ । बीमितले समय–समयमा बीमा प्रिमियम बुझाउनुपर्छ, तर केही कारणवश यदि प्रिमियम तिर्न छोडेर रकम फिर्ता लिन चाहन्छ भने त्यसलाई सरेण्डर मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस