काठमाडौं, ९ चैत । नेपाली भान्सामा छुट्टै महत्व राख्ने अचार विश्व बजारमा पनि लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय नेपालबाट अचार निकासी बढ्दै गएको तथ्याङ्कले नै देखाउँछ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो ८ महिनामा ३ लाख ११ हजार ९६४ किलोग्राम (केजी) अचार निकासी भएको छ, जुन १६ करोड ७ लाख मूल्य बराबरको हो ।
गत आवको यसै अवधिको तुलनामा परिमाणका आधारमा साढे १ गुणा (१५० दशमलव २८ प्रतिशत)ले अचारको निर्यात बढेको छ । गत आवको फागुनसम्ममा १० करोड ८९ लाख रुपैयाँ बराबरको १ लाख २४ हजार ६४५ केजी अचार बाहिरिएको थियो । यद्यपि मूल्य र परिमाण दुवैका आधारमा अचार निर्यात बढेको देखिन्छ ।
विशेषगरी नेपालबाट अष्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान, इटली लगायत मुलुकमा अचार निर्यात गरिँदै आएको छ । गत फागुनसम्ममा सबैभन्दा धेरै अष्ट्रेलियामा ३ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यस्तै क्यान्डामा ३ करोड २६ लाख, इटलीमा २ करोड ६६ लाख, बेलायतमा २ करोड १० लाख र जापानमा १ करोड ७३ लाख रुपैयाँ बराबरको अचार बाहिरिएको तथ्यांक छ ।
कुन देशमा कति अचार बाहिरियो ?
