८ महिनामा भित्रियो ३० अर्बको स्मार्टफोन

अनलाइनसमय |
८ चैत २०८२
८ महिनामा भित्रियो ३० अर्बको स्मार्टफोन

काठमाडौं, ८ चैत । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो ८ महिनामा करिब ३० अर्बको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागका अनुसार गत फागुनसम्ममा नेपालमा २९ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको हो ।

आवको ८ महिनामा सो रकम बराबरको १५ लाख २८ हजार ४९५ ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई ५ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।
सो अवधिमा नेपालबाट भने १० ओटा मात्र स्मार्टफोन निकासी गरेको छ । जसको २० लाख १९ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस