आठ महिनामा करिब १३ खर्बको वस्तु आयात, व्यापार घाटा करिब १२ खर्ब

अनलाइनसमय |
८ चैत २०८२
आठ महिनामा करिब १३ खर्बको वस्तु आयात, व्यापार घाटा करिब १२ खर्ब

काठमाडौं, ८ चैत । पछिल्लो एक वर्ष अवधिमा वस्तु तथा सेवा आयात १२ दशमलव ५४ प्रतिशतले बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आवको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोडको वस्तु आयात भएकोमा थियो ।

त्यस्तै निर्यात २० दशमलव ८३ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत आवको ८ महिनामा १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

नेपालले चालू आवको फागुन मसान्तसम्ममा १४ खर्ब ८० अर्ब ६२ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा नेपालले १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँको व्यापार गरेको थियो ।

चालू आवको फागुनसम्ममा नेपालले १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ११ दशमलव २२ प्रतिशतले बढी हो । गत वर्षको आठ महिनामा भएको वैदेशिक व्यापारमा नेपाल ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँको घाटामा थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस