काठमाडौं, १० जेठ , नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ ।
गण्डकी प्रदेश कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्ति जारी गरी मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने जानकारी गराएका छन् ।
गण्डकी प्रदेश सभाको बैठक ११ जेठ ११ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
कांग्रेसले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै १४ जेठमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।