काठमाडौं, ७ भदौ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।