बजारमा अधिक तरलता थुप्रिएसँगै आज १ खर्ब खिच्दै राष्ट्र बैंक

अनलाइनसमय |
१९ फागुन २०८२
बजारमा अधिक तरलता थुप्रिएसँगै आज १ खर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं, १९ फागुन । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ६ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत १ खर्बरुपैयाँ तरलता खिच्ने भएको हो ।

यसका लागि आज –मंगलबार) मध्यान्ह ३ बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रू. १० करोड रुपैयाँ र बढीमा रू. ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी फागुन २५ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस