नर्वे, आयरल्याण्ड र स्पेनले दिए प्यालेस्टाइन राज्यलाई मान्यता, इजरेल र अमेरिकाको आपत्ति

अनलाइनसमय |
१० जेठ २०८१
नर्वे, आयरल्याण्ड र स्पेनले दिए प्यालेस्टाइन राज्यलाई मान्यता, इजरेल र अमेरिकाको आपत्ति

काठमाडौं, १० जेठ । युरोपेली राष्ट्रहरुले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् । नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइनलाई राज्यको रूपमा औपचारिक मान्यता दिने घोषणा गरेका छन्। यी देशहरुले प्यालेस्टाइनलाई मे २८ तारिखबाट लागू हुनेगरी राज्यको रुपमा औपचारिक मान्यता दिने घोषणा गरेका हुन् ।

स्पेन र आयरल्यान्डले आफूहरूको निर्णय इजरेलको विपक्षमा र हमासको पक्षमा नभई शान्तिप्रति समर्थन भएको बताएका छन् । तर उक्त कदमप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाउँदै इजरेलले त्यसको अर्थ सो क्षेत्रमा थप अस्थिरता हुनु रहेको प्रतिक्रिया दिएको छ।

इजरेलले आयरल्यान्ड, नर्वे र स्पेनबाट आफ्ना राजदूतहरू फिर्ता बोलाउन लागेको छ।

यस्तै अमेरिकाले उक्त निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन भनेको छ । युरोपेली देशहरुको निर्णयलाई अमेरिकाले एकपक्षीय मान्यता भनेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानका अनुसार राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनको समस्या प्रत्यक्ष वार्ताबाट मात्रै समाधान गरिनुपर्ने बताएका छन् ।

बुधबार छुट्टाछुट्टै घोषणाहरूमा, नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका थिए ।

प्यालेस्टाइनीहरूले इजरायलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस