नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष लम्सालले लिए शपथ

अनलाइनसमय |
१ फागुन २०८२
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष लम्सालले लिए शपथ

काठमाडौं, १ फागुन । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अमृत लम्सालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त अध्यक्ष लम्साललाई नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बिहीबार पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्ष तोकेको हो ।

शपथ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लगायत पदाधिकारीहरू उपस्थित थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस