काठमाडौं, २९ माघ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/८२)को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।