१.५२ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

अनलाइनसमय |
३० पुष २०८२
१.५२ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं, ३० पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ५२ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ४३ बिन्दुमा कायम भएको हो ।

आज १ करोड २५ लाख ४ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १२५ धितोपत्रको शेयर मूल्य बढ्दा १२४ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२० धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार फाइनान्स २ दशमलव ५५, व्यापार शून्य दशमलव ६७, निर्जीवन बीमा शून्य दशमलव ३८, होटेल तथा पर्यटन शून्य दशमलव ३१, लगानी शून्य दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव ०८, हाइड्रोपावर शून्य दशमलव ०७ र विकास बैंक समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, अन्य शून्य दशमलव १३, बैंकिङ शून्य दशमलव ०८, माइक्रोफाइनान्स शून्य दशमलव ०५ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।

आज सुपर म्यादी हाइड्रोपावर ९ दशमलव ९४, थ्री स्टार हाइड्रोपावर ८ दशमलव २३, एनएमबी माइक्रोफाइनान्स ७ दशमलव ३४, गोधौली फाइनान्स ५ दशमलव ७३ र सिटिजन्स म्युचुअल फण्डको शेयर मूल्य ४ दशमलव ९ प्रतिशतले बढेको छ ।

आज मकर जितुमाया सुरि हाइड्रोपावर २ दशमलव ५९ र ग्रामिण विकास लघुवित्तको शेयर मूल्य २ दशमलव ३८ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस