काठमाडौं, ३० पुस । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भईरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम गरेको थियो, जुन आज नै तोडिएको छ ।
यस्तै, आज चाँदी पनि तोलामा ४६० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । मंगलबार प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।