४.५९ अङ्कले बढ्यो नेप्से, करिब ५ अर्बको कारोबार

अनलाइनसमय |
२४ पुष २०८२
४.५९ अङ्कले बढ्यो नेप्से, करिब ५ अर्बको कारोबार

काठमाडौं, २४ पुस । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४ दशमलव ५९ अङ्कले बढेर दुई हजार ६४० दशमलव ५४ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब १७ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार उत्पादन तथा प्रशोधन शून्य दशमलव ४९, जीवन बीमा शून्य दशमलव ३३, हाइड्रोपावर शून्य दशमलव ३२, निर्जीवन बीमा शून्य दशमलव २६, विकास बैंक शून्य दशमलव १८, होटेल तथा पर्यटन शून्य दशमलव ४ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले बढेको छ ।

यसदिन फाइनान्स शून्य दशमलव ४४, व्यापार शून्य दशमलव २२, लगानी शून्य दशमलव २१, म्युचुअल फण्ड शून्य दशमलव १९, अन्य शून्य दशमलव ०७ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ४ प्रतिशतले घटेको छ ।

आज सान्भि इनर्जी ८ दशमलव १६, एसवाइ प्वानेल ५ दशमलव ७१, खानीखोला हाइड्रोपावर ४ दशमलव ६३, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज ४ दशमलव ४२ र आखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ३ दशमलव ८८ प्रतिशतले बढेको छ ।

यसैगरी सुपर म्यादी हाइड्रोपावर ३ दशमलव ९, सिटिजन्स म्युचुअ फण्ड ३ दशमलव ०५ र गणपति लघुवित्तको शेयर मूल्य २ दशमलव ५३ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस