काठमाडौं, १८ पुस । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ५२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।