काठमाडौं, १६ पुस । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।