काठमाडौं, १४ पुस । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ३७ हजार ३०७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ५ अर्ब ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ८५ धितोपत्रको शेयर मूल्य बढ्दा १६५ को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३७ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने दुई उपसूचक मात्र बढेको छ ।
आज विकास बैंक शून्य दशमलव ६७ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव २५ प्रतिशतले बढेको छ ।
यसैगरी जीवन बीमा शून्य दशमलव ८५, अन्य शून्य दशमलव ८२, हाइड्रोपावर शून्य दशमलव ७८, व्यापार शून्य दशमलव ६३, बैंकिङ शून्य दशमलव ३८, लगानी र निर्जीवन बीमा समूह समान शून्य दशमलव २२, होटेल तथा पर्यटन शून्य दशमलव १२, माइक्रोफाइनान्स शून्य दशमलव ०८, फाइनान्स शून्य दशमलव ०४ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।
आज एसवाइ प्यानल नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै ग्लोबल आइएमइ सम्मुनत योजना ९ दशमलव ९८, कर्पोरेट डेभलपमेन्ट बैंक ६ दशमलव ७६, सप्तकोशी डेभलपमेन्ट बैंक ६ दशमलव ५४ र ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव ८५ प्रतिशतले बढेको छ ।
आज विन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै हिमालयन एभरेष्ट इन्सुरेन्स ३ दशमलव ८८, सुपर म्यादी हाइड्रोपावर ३ दशमलव ८३, मनुशी लघुवित्त ३ दशमलव २३ र सन नेपाल लाइफ इन्सुरेन्सको शेयर मूल्य ३ दशमलव १७ प्रतिशतले ह्रास आएको छ ।