काठमाडौं, १४ पुस । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन आइतबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज तोलामा ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।